बिमानस्थलमा एसएसपी ढकालको सक्रियताः १८ लाख रुपियाँको सुनसहित चार जना पक्राउ

Advertisement

काठमाडौँ । त्रिभुवन बिमानस्थलबाट भन्सार छलि गरेको अवस्थामा १८ लाख रुपियाँ बराबरको सुनका सिक्री र ब्रासलेटसहित ४ जना पक्राउ परेका छन् । 

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालका अनुसार मंगलबार कतार एयरवेजको उडानद्वारा कतारको दोहाबाट काठमाडौँ आएका अर्जुन राई, भुपेन्द्र विष्ट र महेन्द्र ठाकुर सुनसहित पक्राउ परेका हुन् ।

Advertisement

उनीहरुले धादिङका गणेश मल्लले भन्सार छलि गर्न लगाएको खुलाएपछि उनलाई समेत पक्राउ गरी आवश्यक अनुसन्धान र कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको एसएसपी ढकालले बताए । 

माघ २९ गते पनि आफैँले लगाएको कपडामै फल्स बटम बनाएर चार करोडको सुन तस्करी गर्ने चिनियाँ नागरिक झाङ लि र माघ १९ गते मलद्वार भित्र सुन ल्याउँदै गरेको अवस्थामा १ किलो १५५ ग्राम सुनसहित तीन जना पक्राउ परेका थिए ।    


 

Advertisement

Advertisement