स्पेनिस ला लिगाः एट्लेटिकोलाई लिभान्तेको धक्का

Advertisement

एजेन्सी/म्याड्रिड । साविक विजेता एट्लेटिको म्याड्रिडलाई स्पेनिस ला लिगामा पुछारमा रहेको लिभान्तेको नमिठो धक्का लागेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा एट्लेटिको लिभान्तेसँग १–० गोलले पराजित भयो ।

प्रतिस्पर्धात्मक खेलमा एट्लेटिकोलाई हराउन लिभान्तेका गोन्जालो मेलेरोले निर्णायक गोल गरे । मेलेरोले ५४औं मिनेटमा जर्ग डि फ्रुटोसको पासमा गोल गरेका थिए । ५४ प्रतिशत बल पोसेसन राख्दै १० वटा पोस्ट् प्रहार गरेको एट्लेटिको अन्ततः हार खेप्न बाध्य भयो ।

Advertisement

लिभान्तेका जर्ग डि फ्रुटोस ‘म्यान अफ दि म्याच’ भए । हारसँगै एट्लेटिकोले शीर्ष चारमा उक्लने मौका समेत गुमायो । पाँचौँ स्थानमा रहेको एट्लेटिको २४ खेलबाट ३९ अंक पुगेको छ । एक खेल कम खेल्दै समान ३९ अंक बनाएको बार्सिलोला गोल अन्तरका आधारमा चौथो स्थानमा छ ।

एट्लेटिकोलाई हराएपनि लिभान्ते तालिकाको अन्तिममा यथावत छ । लिभान्तेको १४ अंक छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ५४ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ५० र तेस्रो स्थानमा आसिन रियल बेटिसको ४३ अंक छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Advertisement

Advertisement