गेटवे पेमेन्ट सर्भिस र एनपीसिआई इन्टरनेशनल तथा मनम इन्फोटेकबीच सम्झौता

Advertisement

काठमाडौँ ।  गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तरआबद्दता तथा मोबाइल फस्र्ट प्रबिधीमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई नेपाल) सन्चालनका लागि भारत स्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतासँगै अब बिभिन्न बैंक बित्तिय संस्था, भुक्तानी सेवा प्रदायक बीचमा अन्तरआबद्द बिद्युतीय भुक्तानीको सन्जाल सन्चालन गर्ने र भारतबाट बिभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटीएम, गुगलपे, फोनपे आदी) मार्फत नेपाल स्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यबस्था गर्न लागिएको हो । 

Advertisement

यस् सेवाको सुरुवातसँगै भारतीयहरु नेपाल आउँदा क्यु–आरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने र नेपालीहरुले भारतमा यात्रा गर्दा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । 

प्रारम्भिक चरणमा आगामी तीन महिना भित्र उल्लेखित सेवाहरु सुचारु हुने र एनपीसिआई ले भारतमा सन्चालन गरिरहेको सम्पूर्ण सेवाहरु पनि क्रमिक रूपमा सुरुवात गर्दै जाने कम्पनीले जनाएको छ । 

उक्त सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष कमलनाथ प्रधान । भारतीय रिजर्व बैंकद्वारा प्रवर्दित एनपीसिआई इन्टरननेसनलको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा डिजिटल बैंकिङ तथा भुक्तानी सेवामा लामो अनुभव रहेको भारतीय फिन्टेक कम्पनी मनम इन्फोटेक का तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका छन् ।  
 

Advertisement

Advertisement