बच्ला कहाँ ! पानीमुनि गएपनि यो स्वार्थी गठबन्धन बच्दैन्ः ओली

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारको आयू बढिमा एक वर्षमात्रै रहेको दावी गरेका छन् । भक्तपुरको सुर्य विनायकमा आयोजित एक कार्यक्रममा शनिबार उनले अब एक वर्षभित्र संसदको चुनाव हुने र चुनावपछि यो सरकार हट्ने बर्ताका हुन् । 

ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्वार्थी भन्दै उनीहरुलाई आगामी निर्वाचनमा पानीमा गए पनि आफ्नो पार्टीले नछाडने चेतावनी दिए । उनले प्रचण्ड र माधव नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान गरे । 

Advertisement

प्रचण्ड र माधव नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरुलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आग्रह गर्दै ओलीले भने, ‘अब एक वर्षभित्र चुनाव हुनै पर्छ । बच्ला कहाँ पानीमुनि गएपनि यो स्वार्थी गठबन्धन । यो कहाँ बच्छ ? बच्न सक्दैन । त्यसकारण अब त बढिमा एक वर्ष हो यिनको आयू । संसारभरीका जोतिषीलाई एकैठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ –बढिमा एक वर्ष हो, आयू । यो सरकारको आयू ।’

अध्यक्ष ओलीले निर्वाचनमा प्रशासनको दूरुपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढन आफ्नो पार्टी सक्षम रहेको दावी समेत गरे । उनले निर्वाचनमा जनताको मतलाई खोस्न नदिने गरी अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए । 

Advertisement

Advertisement