सीके राउतको जनमत पार्टीले माग पूरा नभए तराईमा चुनाव हुन नदिने

Advertisement

जनकपुर । सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना माग पूरा नभए तराईमा स्थानीय चुनाव हुन नदिने चेतावनी दिएको छ । आफ्ना माग पूरा गर्न दबाब दिने क्रममा मंगलबार विरोध प्रदर्शन गरेको सो पार्टीले यस्तो चेतावनी दिएको हो । 

आज जनमतका कार्यकर्ताले सरकारविरुद्ध प्रदर्शन गर्नुका साथै निर्वाचन कार्यालय घेराउ गर्यो । जनमत पार्टीको आव्हानमा सहभागी कार्यकर्ताले किसानहरूको समस्यालाई सम्बोधन गर्न ११ बुँदे मागसहित विगत दुई महिनादेखि आन्दोलन गरिरहेका छन् । 

Advertisement

जनमत पार्टीले रासायनिक मल र बिउ बिजनको अभावमा कतिपय किसानको खेत अझै बाँझो रहेको र नगदे बालीकारूपमा रहेका उखु किसानको बक्यौता रकम तथा उचित मूल्य निर्धारण हुन नसक्दा किसान खेतीपाती गर्नबाट विस्थापित भई पलायन हुने अवस्थामा पुगेकोले किसानका माग अविलम्ब सम्बोधन गर्न आग्रह गर्दै आएको छ । 

Advertisement

Advertisement