एमसीसीको पक्षमा ठाकुरको लोसपा पनि, एक कदम बढेर आजै आफ्ना साँसदलाई कांग्रेसको ह्वीप

Advertisement

काठमाडौँ । एउटा मधेस केन्द्रीत दल जनता समाजवादी पार्टी (जसपा) एमसीसी पास गर्ने कुरामा अलमलमा रहेको बेला अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । सो पार्टीकी सांसद चन्दा चौधरीले आफ्नो पार्टी एमसीसी पास गर्नुपर्नेमा उभिएको बताएकी छन् । 

Advertisement

विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन गर्ने निर्णय भएको भन्दै चौधरीले एमसीसी पारित नगरे भविष्यमा नेपालको विकास अनुदानमा समस्या हुन्छ भन्ने भएकाले पनि मतदान गर्ने निर्णय भएको बताएकी छन् । संसदमा लोसपाका १३ सांसद छन् । 

एक कदम अघि बढेर कांग्रेसद्धारा आफ्ना साँसदलाई ह्वीप
एमसीसी सम्झौता संसदमा पेश भएर छलफलमै रहेको बेला सत्ता गठवन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले एक कदम अघि बढेर आफ्ना साँसदलाई एमसीसीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । 

सो पार्टीले एमसीसीबारे सैद्धान्तिक छलफल हुने भएकाले आजै ह्वीप जारी गरेको हो । कांग्रेसकी सचेतक पुष्पा भुसालले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राख्ने र उक्त प्रस्ताव बहुमतले स्वीकृत गर्नुपर्ने भएकोले ह्वीप जारी गरिएको बताएकी छन् । 

Advertisement

Advertisement