एमसीसीको विरोधमा बानेश्वरमा वृहत प्रदर्शन, नेपाली कांग्रेस (विपी) पनि सहभागी

Advertisement

काठमाडौं । अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता अनुमोदन गर्ने तयारीको विरोधमा बिहीबार पनि बानेश्वरमा प्रदर्शन गरिएको छ । आजको प्रदर्शन अघिको भन्दा विशाल र शान्त छ । 

प्रदर्शनकारीहरुले एमसीसी लागू गर्न नहुने भन्दै विभिन्न किसिमका नारा लगाइरहेका छन् । प्रदर्शन रोक्न सरकारले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । 

Advertisement

एमसीसीको विपक्षमा रहेका विभिन्न दलमा आबद्ध कार्यकर्ताहरुको प्रदर्शनलाई ख्याल गर्दै संसद् भवनदेखि बानेश्वरसम्म प्रहरी तैनाथ गरिएको हो । विरोध प्रदर्शनका कारण माइतीघर–तीनकुने सडक खण्डमा यातायात आवागमन बन्द छ । 

एमसीसी पास गर्ने विषयमा सत्ता गठवन्धनकै अधिकांश दल अलमलमा देखिन्छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि स्पष्ट धारणा बाहिर ल्याउन सकेको छैन् । एमसीसीको विरोधमा सत्तारुढ दलकै नेतादेखि विभिन्न राष्ट्रवादी दल तथा संगठन र नेपाली कांग्रेस आफ्नो परम्परागत संवैधानिक राजसंस्थाको मान्यता छोडेपछि असन्तुष्ट पक्षले बनाएको नयाँ दल नेपाली कांग्रेस (विपी)का नेता कार्यकर्ता पनि सहभागी थिए । 

Advertisement

Advertisement