गगन थापातर्फ संकेत गर्दै रविले भने– कसैको राजनीति बचाइदिन म बलि चढिदिनुपर्ने ?

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको बताएका छन् । 

आइतबार सहकारी ठगी प्रकरणमा आफूलाई पक्राउको तयारी गरिएपछि आफ्नो पार्टी कार्यालयमा भेला भएका समर्थकहरु अगाडि बोल्दै उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापातर्फ संकेत गर्दै उनको राजनीति बचाइदिन आफूलाई सहकारी प्रकरणमा फँसाउन खोजिएको बताएका हुन् । 

Advertisement

गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविराज जोशीलाई पक्राउ गरिएपछि सोही कम्पनीका प्रवन्ध निर्देशक समेत रहेका लामिछानेलाई पनि पक्राउ गर्ने संकेत सरकारले दिएको थियो । सोही क्रममा ठूलो संख्यामा सादा पोषक र बर्दीधारी प्रहरी समेत रास्वपाको पार्टी कार्यालयमा परिचालन गरिएको थियो । लामिछानेलाई सहकारीको रकम अपचलन मुद्दामा आफू पक्राउ गर्न सकिने संभावना अझै पनि कायम रहेको बताउँदै कसैको राजनीति जोगाउन यस्तो गरिएको दाबी गरे ।

‘कसैको राजनीति जोगाउनका निम्ति मलाई बलि चढाउन नखोज्नुस् । आँट भए आऊ, तर मलाई षड्यन्त्र गरेर होइन । चुनाव लडेर जित्नुस् । यस्तो षड्यन्त्र गरेर होइन’, उनले भने ।

लामिछानेले यसअघि पनि आफूलाई मध्यरातमा पक्राउ गरिएको स्मरण गर्दै आफू निकै दुःख दिने काम भएको बताए । आफूले प्रमाण मागेको र अनुसन्धानका हरेक प्रक्रियामा सघाएको उनले उल्लेख गरे । लामिछानेले भने,  ‘गल्ती गर्ने भागेर बसेका छन् । म त यहाँ शीर ठाडो गरेर बसिरहेको छु । मैले सरकारलाई स्पष्ट भनेको छु । मलाई तपाईंको अनुकम्पा चाहिँदैन । तपाईंहरुको दया चाहिँदैन । मैले कहाँ जानुपर्ने हो अनुसन्धानका लागि जानुपर्ने म तयार छु ।’

उनले थपे, ‘मैले हिजो पनि भनेको थिएँ । मलाई कहाँ लानुहुन्छ रु लैजानुहोस् म जहाँ पनि जान तयार छु । छानबिनका लागि सघाउन ।’ आफू हिजो पनि अन्यायको शिकार भएको भन्दै लामिछानेले आफूले केही नबिराएको र नडराएको बताए । तर अन्याय नसहने उनको भनाई छ । 

लामिछानेले भने, ‘सबैलाई हेक्का रहोस् कि रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन । बेचिएका मान्छेलाई बचाएर राजनीतिमा आएको हो’ । प्रहरीको अनुसन्धानले दोषी देखिएको छैन भन्छ, अदालतमा मुद्दा गएको छ प्रतिवादी छैन भन्छ । कसैको बयानले बोलेको छैन । देशको प्रहरी प्रमुखले संसदीय समितिमा गएर भन्छन् संलग्नता छैन भन्छन् । सहकारी समितिले पनि सहकारीको रकम ल्याएकोबारे केही निर्णय गरेको छैन भन्छ । तर कुन नयाँ तथ्य आयो र यसरी गर्न खोजियो ।’

नेता लामिछानेले आफूमाथि षड्यन्त्र भएको र अन्याय भएको भन्दै आफ्ना कार्यकर्तालाई अलर्ट रहन सल्लाह दिए । सरकारले पक्राउ पुर्जी जारी नगरिएको भने पनि अहिलेको सरकारको भर नरहेको भन्दै उनले दुईतिहाईको सरकार सानो पार्टीबाट डराएको सुहाएन भने । 

Advertisement

Advertisement