शेर्पा सपोर्ट फाउन्डेसनले सोलुखुम्बुको दुर्गम क्षेत्रका विद्यार्थीलाई वितरण गर्यो झोला

Advertisement

काठमाडौं। शेर्पा सपोर्ट फाउन्डेसनले सोलुखुम्बुको १८ वटा दुर्गम क्षेत्रका एक हजार १० जना विद्यार्थीहरुलाई स्कूलका लागि झोला वितरण गरेको छ ।  

कोभिड महामारीका कारण स्कुल जान नपाएका विद्यार्थीहरुलाई स्कुल जान प्रोत्साहन गर्ने उद्देश्यले झोला वितरण गरेको माउन्टेन शेर्पा फाउन्डेसनका अध्यक्ष एवं समाजसेवी पासाङ शेर्पा पिनासाले बताए ।

Advertisement

अमेरिकामा रहेको  शेर्पा सपोर्ट फाउन्डेसनको सहयोगमा माउन्टेन शेर्पा फाउन्डेसनका अध्यक्ष पासाङ शेर्पा पिनासाले कोरोना महामारीका कारण सोलुखुम्बुको दुर्गम क्षेत्रका विद्याथीहरुलाई राम्रो शिक्षाका लागि प्रोत्साहन र प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको बताए । 

झोला पाएपछि विद्याथीहरुको मुहारमा छाएको खुसीले आफू सन्तुष्टि भएको र थप सेवा गर्न उर्जा मिलेको शेर्पाले बताए । 

Advertisement

Advertisement