ट्रियो इलेक्ट्रिक अटोे अब मलंगवामा पनि

Advertisement

काठमाडौँ । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो फाल्गुण १२, २०७८ विहिबारका दिन भव्य समारोहका साथ मलंगवा–३, सर्लाहीमा सार्वजनिक गरेको छ ।

उक्त समारोहमा मलंगवाका मेयर निप्सल शाह, उपमेयर सबनम भिकरानी, सिडियो स्थनेशवर गौतम, सशस्त्र एसपी भरत वानिया, वडा नं. ३ का अध्यक्ष राम कैलाश शाह, वडा नं. ८ का अध्यक्ष इश्वर श्रेष्ठ, वडा नं. ९ का अध्यक्ष दिपलाल महतो, उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्शका पदाधिकारीहरु र स्थानिय उद्योगी व्यापारीहरुको उपस्थिति रहेको थियो । 

Advertisement

त्यसैगरी महिन्द्रा एन्ड महिन्द्राका तर्फबाट सेल्स हेड ग्लोबल वोर्ल्डका हिमान्शु अग्रवाल, नेपालका कन्ट्री हेड चैतन्य कगल्कार, दीपककुमार कन्ट्री म्यानेजर, महिन्द्रा इलेक्ट्रिका सेल्स म्यानेजर अमित शाह, अग्नी एनेर्जीका तर्फबाट ए जि एम प्रमोद भण्डारी, लगायत अग्नि इनर्जीको मलंगवा–३, सर्लाहीका लागि बिक्रेता वैष्णवी ट्रेडर्सका प्रबन्ध निर्देशक विरेन्द्र प्रसाद शाह लगायतका उपस्थिति थियो ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक रू २,००,००० (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने छन् ।

महिन्द्रा ट्रियो १०,०००+ सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेकोे छ ।

अग्नि इनर्जीको जनकपुरधाम–२३, धनुषाका लागि बिक्रेता साइन ए अटो मोबाईलका प्रबन्ध निर्देशक आलोक शाहका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । 

Advertisement

Advertisement