ओली पोखराबाट फर्किन नपाउँदै देउवा पुगे बालकोट

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा फेरि एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन् । पोखरामा सम्पन्न आफ्नो पार्टीको कार्यक्रमबाट घर फर्किन नपाउँदै देउवा ओलीलाई भेट्न पुगेका हुन् । 

एमसीसी पास गर्न अमेरिकाले दिएको समयसीमा नजिकिँदै गर्दा प्रधानमन्त्री निकै दबाबमा छन् । उनले आफ्नो गठवन्धनका दल तथा नेतालाई पनि मनाउन सकेका छैनन भने एमालेका शर्तहरु पनि पूरा गर्न सकेका छैनन् । 

Advertisement

देउवाको साथमा अरू नेताहरू पनि सहभागी छन् । सत्ता गठवन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी पास गर्ने पक्षमा देखिन्नन् । 

Advertisement

Advertisement