यूनिट्राभको अध्यक्षमा पराजुली चयन, यस्तो बन्यो २३ सदस्यीय कार्यसमिति

Advertisement

काठमाडौं । नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ, एयरलाइन्स, साँस्कृतिक, पुरातात्विक कार्गाे, कुरीयर श्रमिक यूनियन (यूनिट्राभ) को अध्यक्षमा सुमनप्रसाद पराजुली चयन भएका छन् । 

दिगो पर्यटन रोजगारी र समृद्धिको आधार, सामाजिक सुरक्षा श्रमिकको मौलिक अधिकार भन्ने मूल नाराका साथ काठमाडौंमा सम्पन्न यूनिट्राभको तेह्रौँ राष्ट्रिय अधिवेशनले पराजुलीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

Advertisement

समितिको उपाध्यक्षहरुमा हिमालकुमार उप्रेती, तुलसीप्रसाद सुवेदी र फुडोमा शेर्पा, महासचिवमा रामबहादुर श्रेष्ठ, उपमहासचिवमा खिलानाथ दाहाल, सचिवहरुमा मदन सापकोटा, भीमबहादुर तामाङ, दिनेश कार्की र निरमा राई चयन हुनुभएको छ । 

यस्तै सदस्यहरुमा ललिता अधिकारी, रामचन्द्र अधिकारी, दावा तामाङ, उमा भट्टराई, ब्रम्हदेव गिरी, पेम्बाधार्के शेर्पा, मिलनकुमार तामाङ, फूर्वाकी शेर्पा, मिग्मा ग्लावा शेर्पा, रामकृष्ण अर्याल, गणेशबहादुर साउद, मानबहादुर तामांङ, हितमान भुजेल चयन भएका छन् । 

अधिवेशनले अमर तामाङलाई प्रतिनिधिपरिषद् प्रमुख र छिरिंग शेर्पालाई प्रतिनिधिपरिषद् उपप्रमुख चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका महासचिव जनक चौधरीले पद तथा गोपनियताको सपथ गराए ।  

अध्यक्ष पदमा निर्वाचित भएपछि पराजुलीले कानूनसम्मत ढंगले पर्यटन क्षेत्रका सम्पूर्ण श्रमिकबीच भएको विभेद अन्त्य गराउन र नेपालको समृद्धिका लागि पर्यटन क्षेत्रलाई माथि उठाउन नयाँ कार्यसमिति लागि पर्ने बताए । 
 

Advertisement

Advertisement