काठमाडौं। ‘आर्ट इन प्याराडाइज नेपाल’ नामक थ्रिडी म्यूजियमको पहिलो वार्षिकोत्सवमा फोटो खिच्ने र टिकटक भिडियो बनाउनेको भिड लागेको छ।
बालबालिकादेखि बुढापाकासम्मको रोजाईमा पर्न थालेको उक्त म्यूजियम काठमाडौं मलमा रहेको छ । विश्वका अरु देशहरुमा झैं नेपालमा पनि कोरोनाबाट प्रभावित व्यवसायी नविन व्यवसायतिर लागेका छन् ।
कोरोना संक्रमणको दर घटेसँगै र धेरै मानिसले कोरोना भ्याक्सिन लगाइसकेका व्यवसायिक गतिविधि बढ्दै गएको छ । त्यही क्रममा गत बर्ष न्यूरोडको एउटा गल्लीमा युरोपबाट आएका युवाले ल्याएको ‘अम्रेला स्ट्रीट’ योजना निकै लोकप्रिय बनेको थियो ।
त्यस्तै, बौद्धको पिपलबोटको तरकारी बजारमा पनि “डोको स्ट्रीट” पनि निकै चर्चा आएको थियो। अहिले काठमाडौं मलमा आर्टइन प्याराडाइले चर्चा बटुल्न सफल भएको छ ।
आर्ट इन प्याराडाइज नेपालका मार्केटिङ म्यानेजर सोनाम जाङबु शेर्पाले यो व्यवासाय एक वर्ष अघि स्थापना गरेको र निकै लोकप्रिय बनेको बताउँदै अगामी दिनमा थप सुविधासहित सेवा प्रदान गर्ने बताए ।
काठमाडौं मलको पाचौं तल्लामा नेपालकै पहिलो र ठूलो थ्रीडी पिक्चर तथा फोरडी संग्रहालय आर्टइन प्याराडाइज रहेको छ । सात हजार पाँच सय वर्गफिटभन्दा बढी क्षेत्रफल रहेको यो म्यूजियममा जाने जोकोहीले त्यहाँको कलाकृतिहरूबाट आनन्द अनुभूति प्राप्त गर्न सक्नेछ ।
कूल १० विषय वस्तुहरू यस अन्तरक्रियात्मक संग्रहालयमा उपलब्ध छन्। म्यूजियमको प्रवेशद्वारमा नेपाली सांस्कृतिक सम्पदा जस्तो न्याटापोल, स्वयंभूनाथ र जातीय नेपाली पोशाकमा रहेका मानिसहरूले स्वागत गर्दछन्। यसले सेवाग्राहीलाई युनेस्कोले सूचीबद्ध गरेको विश्वको सात वटा चमत्कारसहित विश्वका प्रसिद्ध शहरहरूमा पुर्याउँछ ।
शेर्पाका अनुसार यसबाहेक, सगरमाथाको थिममा फोरडी प्रभाव छ, जहाँ हिउँ वर्षा र कोठाको तापक्रमको अनुभव गर्न सकिन्छ। समुद्र, सार्क, सपिङ, मत्स्यांगना, मोती, रंगीन माछा र अधिक विशेषता भएको जलीय विषयवस्तुले जलीय जीवहरूको वरिपरि हुने चाहनालाई शान्त पार्न सक्छ । जुन प्रकृति र सांस्कृतिक सम्पदाको यथार्थपरक चित्रको रूपमा झल्केको छ।