रोटरी क्लब अफ ज्ञानेश्वर तथा रोट्याक क्लब अफ ज्ञानेश्वर सिइस्टद्वारा रक्तदान कार्यक्रम

Advertisement

काठमाडौं। रोटरी क्लब अफ ज्ञानेश्वर र रोटरी क्लब अफ ज्ञानेश्वर सिइस्टले नेपाल रेडक्रस सोसाइटीसँग मिलेर रक्तदान कार्यक्रम आयोजना गर्यो । ती क्लबले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।

रोटरी क्लब अफ ज्ञानेश्वरका अध्यक्ष रासुमिला (रस्मिला) श्रेष्ठले रक्तदान गरौ ज्यान बचाउ भने लक्ष्यका साथ कार्यक्रम आयोजन गरेको बताइन् । आपतकालिन अवस्थाका लागि रगत सङ्कलन गरेको बताउँदै उनले त्यसमा २२ जना सहभागी रहेको बताइन् । 

Advertisement

कोरोना महामारीको समयमा पनि आफ्नो अमूल्य रगत दिएर आपतमा परेकाहरुको मद्दत गर्नेहरुलाई धन्यवाद दिँदै श्रेष्ठले आफू सानैदेखि समाजसेवामा रुची राख्ने भएकाले रोटरीमा पनि क्रियाशील भई काम गरेको बताईन। 

Advertisement

Advertisement