बागमती र कोशीमा भारी वर्षाको सम्भावना, कस्तो रहला अन्यत्रको मौसम ?
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै,कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएकाे छ ।

साथै कोशी र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशीका एक- दुई स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।

Advertisement

Advertisement