रुसमा एप्पलका सामान बिक्री बन्द, अमेरिकी हवाई क्षेत्रमा रुसी जहाज उड्न नपाउने

Advertisement

एजेन्सी । छिमेकी युक्रेनमाथि सैन्य आक्रमण गरेसँगै अमेरिकी कम्पनी एप्पलले आफ्ना सामानहरुको बिक्री रुसमा बन्द गर्ने निर्णय गरेको छ भने अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसी जहाजहरु उड्न नदिने निर्णय गरेको छ । 

प्रविधि कम्पनी एप्पलले युक्रेनमाथि रुसले आक्रमण गरेकाले रुसमा आफ्ना सबै उत्पादनको बिक्री बन्द गरेको बताएको हो । यसअघि एप्पल पे र आफ्ना अरू सेवामा रुसभित्र मानिसहरूको पहुँच सीमित पारेको यस कम्पनीले अहिले आफ्ना सामान बिक्रीमा पनि प्रतिवन्ध लगाएको हो । 

Advertisement

यसअघि सामाजिक सञ्जाल फेसबुक र यूट्यूबले युरोपभरि रुसी सरकारी सञ्चारमाध्यमका सामग्रीमाथि प्रतिबन्ध लगाएको थियो । अर्को सामाजिक सञ्जाल ट्विटरले रुसी सरकारी सञ्चारमाध्यमका सामग्रीसम्बन्धी लिङ्कमा चेतावनी भनेर उल्लेख गर्ने घोषणा गरिसकेको छ ।

यस्तै, अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसका निजी तथा व्यवसायिक उडानहरूमाथि प्रतिबन्ध लगाएको छ । स्टेट अफ युनिअन सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो प्रशासनले रुसी जहाज उडानमा प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन् ।

युरोपेली देश तथा क्यानडाले रुसी विमानहरूमाथि प्रतिबन्ध घोषणा गरेपछि अमेरिकी निर्णय बाहिर आएको हो । राष्ट्रपति बाइडनले पछिल्लो कदमले रुस थप एक्लिने र उसको अर्थतन्त्रमाथि अझ दबाव सिर्जना हुने देखिएको छ । 

रुसी मुद्रा रुबलको मूल्यमा र शेयर बजारमा ३० देखि ४० प्रतिशतसम्म गिरावट आइसकेको छ । 

Advertisement

Advertisement