एमसीसी पास गर्न साथ दिएका सहयात्रीसँग स्थानीय चुनावमा तालमेल नगर्ने कांग्रेसको तयारी

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् । 

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता महतले विवादित एमसीसी सम्झौता पास गर्न सहयोग गरेका सत्तारुढ दलहरुसँग स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुन् । 

Advertisement

उनले स्थानीय आवश्यतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्क समेत गरे । तर यस विषयमा सत्तारुढ दलभित्र भने कुनै छलफल भइनसकेको महतले बताए । 

उनले आवश्यताको सिद्धान्त र आ–आफ्नै फाईदाको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुटनुपर्ने अवस्था रहेको भन्दै स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको बताए । महतले त्यसका लागि सरकार अघि बढिसकेको बताए । 

महतले भने, ‘स्थानीय निर्वाचन गठबन्धनकै नेतृत्वमा अगाडि बढछ । जहाँसम्म गठबन्धन सरकारमा बसेका दलहरुले यो निर्वाचन पनि गठबन्धन गरेर जान्छ कि जाँदैन् ? भन्ने विषय छ । अब स्थानीय निकायको निर्वाचन अलि ठूलो संख्यामा हुने र हाम्रो पद्धति पनि । स्थानीय तहको आफ्नै विशिष्ट परिवेश र परिस्थिति पनि छ । त्यसले गर्दा यो केन्द्रिय नेतृत्वले नै सम्पूर्ण कुरा बाँडफाँड गर्ने भन्ने त्यो अव्यवहारिक हुन्छ । र, विधानतः पनि त्यो सम्भव हुँदैन् । त्यसकारण स्थानीय आवश्यकताहरुलाई ध्यानमा राखेर पनि कतिपय ठाउँमा समझदारीहरु पनि हुन सक्दछ । कतिपय ठाउँहरुमा दलहरुले आफ्नो ढंगले गर्ने अवस्था पनि छ । तर समग्रमा अहिले गठबन्धनमै जाने वा नजाने भन्ने विषयमा छलफल भईसकेको अवस्था छैन् ।’ 

Advertisement

Advertisement