महासंघका अध्यक्ष शाक्य नेपाल चेम्वर अफ कमर्सको कार्यसमितिमा मनोनित

Advertisement

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेपाल चेम्वर अफ कमर्शको कार्य समिति सदस्यमा मनोनित भएका छन् । 

चेम्वरको ८औं बैठकले शाक्यलाई चेम्वरको वस्तुगत संघको तर्फवाट सदस्यमा मनोनित गरेको हो । चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको विधान अनुरुप शाक्यलाई सदस्यमा मनोनित गरेको बताए । 

Advertisement

चेम्वरले कार्यसमितिमा मनोनित गरेकोमा अध्यक्ष शाक्यले खुशी ब्यक्त गरे । उनले आफ्नो तर्फवाट चेम्वरको उद्देश्य पूर्तिका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।  

चेम्वर मुलुकको सवैभन्दा पुरानो निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था हो । 
 

Advertisement

Advertisement