सेञ्चुरी बैंकले भक्तपुर र काभ्रेमा गर्यो विभिन्न सहयोग

Advertisement

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सिसिटिभि जडान समितिलाई नगद रु. १००,००० आर्थिक सहयोग प्रदान गरेको छ । 

उक्त सहयोग रकम बैंकका वागमती प्रदेश प्रमुख दिपेन्द्रबाबु बिष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठको विशेष उपस्थितिमा भक्तपुर जिल्ला सिसिटिभि जडान समितिका कोषाध्यक्ष नविन प्रजापतीलाई हस्तान्तरण गरेका हुन् । 

Advertisement

कार्यक्रममा बैंकका वागमती प्रदेश उपप्रमुख प्रचिता श्रेष्ठ, सुकुलढोका शाखाका प्रमुख सुकेश शाक्य र भक्तपुर शाखाका प्रमुख उषा खाँणको पनि उपस्थीती थियो । बैंकले भक्तपुरमा तीन शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

समितिका कोषाध्यक्षले यस आर्थिक सहयोगबाट भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी र प्रभावकारी बनाउन मुख्य राजमार्ग, मुख्य मुख्य चोक, सिमा नाका तथा प्रहरी चेक पोइन्टहरु समेतमा सिसिटिभि क्यामरा जडान गरी अपराध अनुसन्धान तथा न्यूनिकरण गर्न सहयोग पुग्ने बताए । 

साथै बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक सेवा केन्द्र, काभ्रे धुलिखेललाई एक दर्जन कुर्सी दुइवटा टेवल र एक थान दराज लगायतका फर्निचर सामान प्रदान गरेको छ । जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । 

उक्त अवसरमा बैंकले गीता मन्दिर सरसफाई समेत गरेको थियो । बैंकले काभ्रेमा सात शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement