मुक्तिनाथ विकास बैंकद्वारा कैलाश आश्रम धामलाई सहयोग

Advertisement

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले कपिलवस्तु स्थित कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ । 

बैंकले कैलाश आश्रम धामद्धारा संचालित मनकामना गुरुकुलमा भवन निर्माण कार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको हो ।  बैंकले कैलाश आश्रम धामलाई एक कार्यत्रम बीच चेक हस्तान्तरण गरेको हो । 

Advertisement

कार्यक्रममा बैंकका तर्फबाट बुटवल क्षेत्रीय प्रमुख राजेन्द्र घिमिरे, जीतपूर शाखाका प्रबन्धक लेखेन्द्र जिसी र अन्य कर्मचारीहरुको उपस्थिति तथा कैलाश आश्रम धामका सदस्यहरुको उपस्थिति रहेको थियो । 

यस सहयोगबाट गुरुकुलमा आउने भक्तजनहरु विश्राम तथा परोपकारी उद्देश्यले गरिने कार्यहरुलाई सहजताका साथ पूरा गर्न मद्दत पुग्ने बैंकले जनाएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोग र कार्यक्रमबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
 

Advertisement

Advertisement