जगदम्बा स्पिनिङ मिल्समा आगलागी, चार करोडको नोक्सानी

Advertisement

काठमाडौँ । सौरभ ग्रुप अन्तर्गतको ३०० करोड लगानी भएको जगदम्बा स्पिनिङ्गग मिल्समा बुधबार राति आगलागी भएको छ । 

विद्युतीय शर्ट भई बिहान ३ बजे आगलागी हुँदा उद्योगको टिएफओ मेसिन, विद्युत प्यानेल, विद्युतीय तारहरु नष्ट भएको छ । उद्योग व्यवस्थापनका अनुसार उक्त आगलागीका कारण ४ करोडको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । 

Advertisement

सिद्धार्थ नगरपालिका र लुम्बिनी संस्कृति नगरपालिकाका दुईवटा दमकलको साथै उद्योग भित्र रहेका आगो निभाउने सन्यन्त्र प्रयोग गरी समयमै आगो निभाइएको उद्योग प्रशासनले जनाएको छ । 

ईलाका प्रहरी कार्यलय बेथरीबाट पनि आगो निभाउने काममा ठूलो सहयोग प्राप्त भएको थियो । उद्योगमा कार्यरत ६५० भन्दा बढी कामदार तथा कर्मचारी बीच भागदौड हुँदा पाँच जना कर्मचारी सामान्य घाइते भएका छन् ।

Advertisement

Advertisement