सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर रुम्जाटार यातायात ब्यवस्था कार्यालयमा

Advertisement

काठमाडौँ । सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्घिचरण नगरपालिका, वडा नं ०४ रुम्जाटार स्थीत यातायात ब्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको पूर्व मन्त्री अम्बिरबाबु गुरुङले उद्घाटन गरेका हुन् । 

उक्त अवसरमा उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ग्यानेन्द्र कुमार मास्के, रुम्जाटार यातायात ब्यवस्था कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्धिचरण नगरपालिका वडा नं ०४ का अध्यक्ष रत्न बहादुर गुरुङ, रुम्जाटार माविका प्रधानाध्यपक गोकर्ण बहादुर वानिया, बैंकका चिफ क्रेडिट बिजनेष सुमन आचार्य र प्रदेश नं. १ का प्रदेश प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।  

Advertisement

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले यातायात ब्यवस्था कार्यालयसंग सम्वन्धित सम्पूर्ण कर तथा दस्तुरहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलैसंग गर्न सक्नेछन ।

बैंकले हालसम्म करिव सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सम्पुर्ण बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको जनाएको छ ।

बैंकले हालसम्म करीव रु. ८९ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ९० अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ । 

Advertisement

Advertisement