निजी विमान चढेर नेपाल आएका साउदी राजकुमार बंगलादेशतर्फ लागे

Advertisement

काठमाडौँ। साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउद नेपालको दुई दिने औपचारिक भम्रणपछि मंगलबार दिउँसो ३ बजे आफ्नो विशेष विमानबाट बंगलादेशतर्फ प्रस्थान गरेका छन् । 

राजकुमार साउदसहित १७ जना टोली काठमाडौंबाट बंगलादेशको ढाकास्थित शाह जलाल अन्तर्राष्ट्रिय विमानस्थल गएका हुन् । परराष्ट्र सचिव भरतराज पौड्यालले राजकुमार साउदसहितको टोलीलाई बिदाई गरे ।

Advertisement

राजकुमार साउदले काठमाडौबाट फकिनुअघि राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । सोमबार श्रीलंकाबाट नेपाल आइपुगेका उनीसँगको भेटमा नेपाल र साउदी अरबबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा जनाइएको छ । 

राजकुमार साउद सोमबार साँझ ६ः५० मा काठमाडौं आइपुगेका थिए । निजी विमान एयरबस ए३१९ मा आएका उनले परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटेका थिए । परराष्ट्र मन्त्रालयमा भएको भेटपछि दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर पनि भएको थियो । 

Advertisement

Advertisement