क्रिप्टोकरेन्सीको असर बीमा क्षेत्रमा पनि देखिन थाल्योः सीईओ खत्री

Advertisement

काठमाडौं । क्रिप्टो करेन्सीको असर बीमा क्षेत्रमा पनि देखिन थालेको छ । बीमा गर्ने मनसायमा पुगेका मानिस पनि पछिल्लो समय क्रिप्टो करेन्सीतर्फ आकर्षित भएको र त्यसको असर बीमा क्षेत्रसम्म पुगेको बीमा कम्पनीका एक सीईओले स्वीकार गरेका छन् । 

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) सुरेश खत्रीले कर्पोरेट नेपालसँग भने, ‘अहिले बीमा व्यवसायलाई क्रिप्टो करेन्सीले केही प्रभावित पारेको अवस्था छ । अभिकर्तामार्फत बीमा गर्न ठिक्क परेका कतिपय मानिसले पैसा किप्टो करेन्सीमा हालेको हालेको देखियो । पैसा उता हालेपछि तत्काल बीमा नगर्ने भनेर उनीहरु पछि हटेका छन् ।’

Advertisement

अहिले क्रिप्टो करेन्सी र बीमाको तुलना हुन थालेको भन्दै उनले बीमा कम्पनीले बेलैमा यसको वास्तविकता बुझ्नुपर्ने बताए । बीमामा हाल्दा पैसा ढिला आउने तर क्रिप्टो करेन्सीमा हालेमा पैसा छिट्टै आउने भन्ने भ्रम मानिसहरुमा बढ्दै गएको देखिएको छ । 

सीईओ खत्रीले क्रिप्टो करेन्सीको प्रयोग बढेको र त्यसलाई रोक्नुपर्ने बताए । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई क्रिप्टो करेन्सीसँग सबन्धित वेभसाइट सक्रिय नगराउन निर्देशन दिए पनि यसको प्रभावकारी अनुगमन जरुरी रहेको उनले बताए । 

क्रिप्टो करेन्सी भर्चुअल मनी भएको र प्रशस्त पैसा कमाइने भन्दै मानिसहरु यसतर्फ आकर्षित हुँदै आएका छन् । धेरै मुलुकले क्रिप्टो करेन्सीको प्रयोगलाई कानुनी मान्यता दिए पनि नेपालले दिएको छैन् । केही देशले भर्चुअल मनीका लागि एटीएम नै राखेका छन् ।

नेपालमा पाई नेटवर्क, बिटक्वाइन आदि भित्रीरुपमा लोकप्रिय बनेको देखिएको छ । पाई नेटवर्कमा आफनो मोवाइल रोल गरेको भरमा पैसा पाउने भन्दै मानिसहरु आकर्षित भएका छन् । स्ट्याण्डफर्ड युनिभर्सिटिका विद्यार्थीले आफ्नो रिसर्चका क्रममा ल्याएको पाइ नेटवर्कले भित्री रुपमा ग्राहकलाई नेटवर्किङमा संलग्न गराई लोभ्याउने गरेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ । 

यता करको दायरामा नपर्ने भन्दै नेपाल राष्ट्र बैंकले पनि पाइ नेटवर्कमा संलग्न नहुन सचेत गराउँदै आएको छ । ठीक यही बेलामा बीमा गर्न तयार भएका मानिसहरु यस्तै भर्चुअल मनीमा खर्च गर्दै बीमा गर्ने कुरामा दोधारमा पर्न थालेका हुन् । 

अभिकर्ताहरुले लामो समय लगाएर बीमाको बारेमा सम्झाई बुझाई गरेका मानिस बीमालाई क्रिप्टो करेन्सीसँग तुलना गर्दै बीमा गर्नबाट टाढिन खोजेको देखिएको हो । यस्तो प्रविधि बढ्दै गए बीमा क्षेत्रलाई प्रतिउत्पादक हुने सीईओ खत्रीले बताए । नेपालमा कुनै पनि प्रकारका नेटवर्किङ व्यवसायलाई गैरकानुनी मानिन्छ । यस्तो धन्दा लुकिछिपि हुने क्रम भने रोक्किएको छैन् । 

Advertisement

Advertisement