काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि नेपाल पर्वतारोहण संघको साधारणसभा अर्को सुचना नभएसम्मका लागि स्थगित भएको छ । संघले शुक्रबार पत्रकार सम्मेलन गरी अर्को सुचना नभएसम्मका लागि सभा स्थगित भएको बताएको हो ।
अदालतले यही चैत ८ गते सभा स्थगित गर्न अल्पकालिन आदेश दिएको थियो । संघको ३१औं बार्षिक साधारणसभा चैत ९ गतेका लागि तय भएकोमा अदालतको आदेशपछि रोक्किएको थियो ।
कोभिड महामारीका कारण सदस्यता नवीकरण गर्न नसकिएकाले सभामा कार्यसमितिको निर्वाचन गर्न नसकिने अवस्था सिर्जना भएको भन्दै निर्वाचनको कार्यक्रम पर सार्नेगरी संघको विधान संशोधन गर्न लागिएपछि अदालतमा रिट परेको थियो । अदालतले उक्त रिटमा अल्पकालिन आदेश जारी गर्दै सभा रोक्न भनेको हो ।