राम जन्मभूमि ठोरीलाई पर्यटकीय स्थल घोषणा

Advertisement

काठमाडौं । राम जन्मभूमि ठोरीलाई पर्यटकीय स्थल घोषणा गरिएको छ । भारतले अयोध्यायालाई समेत राम जन्मभूमि भनेर दावी गर्दै आए पनि ठोरी नै आधिकारिक जन्मस्थल भएको पुरातत्वविदहरुले बताइरहेको बेला त्यसको उत्खनन् र प्रभाव मूल्यांकनविना नै सम्वन्धित ठाउँको प्रदेश सरकारले पर्यटकीय स्थल घोषणा गरेको हो । 

मधेस सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गर्ने निर्णय गरेपछि सो प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ठोरी क्षेत्रलाई प्रदेशकै पहिलो पर्यटकीय गाउँपालिकाको रुपमा घोषणा गरिएको बताएका छन् । उनले यस क्षेत्रलाई पर्यटकीय हिसावले महत्वपूर्ण बनाउन प्रदेश सरकारको तर्फबाट १० करोड रुपियाँको बजेट विनियोजन गरिएको पनि बताए । 

Advertisement

ठोरीको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले यसलाई पर्यटकीयस्थल घोषणा गरिएको हो । राम जन्मभूमिको रुपमा भारतीयहरुले समेत स्वीकार गर्ने भएकाले यहाँ दिनहुँ हजारौँको संख्यामा भारतीय पर्यटकहरु आउने गर्छन् । तर नेपालीहरु आफैले भने यस क्षेत्रको महत्वलाई उपेक्षा गरेको देखिन्छ । 

चितवनको उत्तरी भेगमा रहेको ठोरीलाई भारत जाने मार्गका रूपमा प्रयोग गरिन्छ । नयाँ वर्ष वा कुनै विशेष दिन विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गर्दछन् । पटेर्वासुगौली गाउँपालिकामा पर्ने बाबा दूधेश्वरनाथ महादेव भाठाधाम धार्मिक पर्यटकीय क्षेत्र भएकोले सो क्षेत्रमा वैशाख, साउन र माघ महिनामा लाग्ने मेलामा नेपाल र भारतबाट लाखौँ भक्तजन आउने गर्दछन् । 

हरियाली पहाडले घेरिएको ठोरी तराईको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । ठोरीमा राईधारा, सेतो पहाड, गोले डाँडा, रातो पहाड, सिनेही पहाड, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सीता गुफा, सिकारीबास लगायत ५० भन्दा बढी पर्यटकीय स्थलहरु छन् ।

Advertisement

Advertisement