काठमाडौं । अरु पेशागत तथा व्यवसायिक संगठनमा जस्तै टुर एण्ड ट्राभल व्यवसायीहरूको छाता संगठन नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को निर्वाचनमा पनि राजनीतिक प्रभाव देखिएको छ ।
नाट्टामा नेपाली कांग्रेस र नेकपा एमाले समूहबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार कांग्रेसनिकट रमेश थापा समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ भने विनय बस्नेत नेतृत्वको एमाले समूहले एक–दुई दिनभित्रमा उम्मेदवारी घोषणाको तयारी गरेको छ ।
यही चैत १७ गते हुन लागेको नाट्टाको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । यस्ता संगठनहरु राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने भए पनि दल तथा नेताहरुको हस्तक्षेपको कारण प्रभाव बढि हुने गरेको छ । स्वयम व्यवसायले पनि आफूलाई स्वतन्त्ररुपमा प्रस्तुत गर्न असफल हुने गरेका छन् ।
‘पर्यटन पुनरुत्थान र एकता अबको आवश्यकता’ नाराका साथ थापा समूह प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा लागेको छ । भने बस्नेत समूहले ‘महामारीले थिलथिलो पारेको पर्यटन व्यवसाय पुनर्उत्थानका निमित्त’ भन्ने नारा बनाएको छ।
बस्नेत समूहको वरिष्ठ उपाध्यक्षको उम्मेदवारमा सुधीरकुमार उपाध्याय, उपाध्यक्षमा सुनिल शर्मा, महासचिवमा जिस्वाँ तुलाधर श्रेष्ठ, सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सहकोषाध्यक्षमा गीता ढकाल छन् । त्यस्तै, सदस्यका उम्मेदवारहरुमा विष्णु पाण्डे, सन्तोष गुरुङ, सुदर्शन पौडेल, सुमन श्रेष्ठ, चुडाबहादुर जिम्वा, साधुराम थापा, दिनेश मैनाली र राजकुमार पाठक छन्।
थापा प्यानलको वरिष्ठ उपाध्यक्षको उम्मेदवारमा प्रमोद दाहाल, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सहकोषाध्यक्षमा राजा शाक्य छन्।
त्यस्तै सदस्यको उम्मेदवारहरूमा ढकनाथ काफ्ले, नमराज भेटुवाल, परशुराम घिमिरे, रामशोभित नायक, डेन्डी शेर्पा, महेश कोइराला, श्रद्धा जोशी, सवला भण्डारी छन् ।