साहित्य सञ्जालको आयोजनामा चन्द्रपुर नगरमा बृहत् साहित्यिक कार्यक्रम

Advertisement

काठमाडौँ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा बृहत् साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को प्रायोजन तथा साहित्य सञ्जाल रौतहटको आयोजनामा गतशनिबार कार्यक्रम सम्पन्न भएको हो । 

वडाध्यक्ष अमर आलेको अध्यक्षता तथा वरिष्ठ नाटककार अशेष मल्लको प्रमुख आतिथ्य र वरिष्ठ आख्यानकार नगेन्द्रराज शर्माको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । 

Advertisement

कार्यक्रममा चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरी, समाजसेवीहरु कृष्ण तिमल्सिना, उद्धव रेग्मी, संकल्प साकोसका अध्यक्ष विभुकुमार पोखरेल, लक्ष्मी बराल, अनन्त कोइराला, प्रेमा तिमल्सिनासहित उल्लेख्यमात्रामा स्थानीय साहित्यानुरागीहरुको उपस्थिति थियो ।  

कार्यक्रममा माधव काफ्ले, हरिकृष्ण काफ्ले, देविका तिमल्सिना, वसन्त रिजाल, पवन आलोक, प्राडा सावित्री कक्षपति, शीतल गिरी, जिविका अश्रु, सिर्जना शर्मा, त्रिभुवनचन्द्र वाग्ले, असिम सागर, प्रोल्लास सिन्धुलीय, प्रज्ज्वल अधिकारी, जयराम विडारी, खोलाघरे साइलो, सुमन घिमिरे, सुरज पराजुली, लक्ष्मी श्रेष्ठ, कल्पना उपाध्याय, रेनुका जीसी, रोशन फुयाँल, पूजा तिमल्सिना, आलोक कोइराला, सुमन घिमिरे, लम्बोदर काफ्ले, केशव घिमिरे, जिवन्त बिम्ब, भूमिलाल न्यौपाने, आर्या आचार्य, अवदेशहरी भट्टराई, लक्ष्मण आचार्य तेजबिक्रम कार्की र राम आचार्यसहित चार दर्जन बढी कवि साहित्यकारहरुले मन्तव्यसहित रचना बाचन गरेका थिए ।

उक्त अवसरमा वडाध्यक्ष आलेले आफूले भाषा साहित्यलाई सधैँ प्राथमिकतामा राखेको र आगामी दिनमा समेत आफ्नोतर्फबाट सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।  

कर्पोरेटनेपालकर्मी बोलखे सम्मानित

Advertisement

Advertisement