बीपी राजमार्गको अवरुद्ध सडक दशैँ अघिनै खुलाउने प्रयास, सरकारले आर्मीको सहयोग लिने
प्रतीकात्मक फाइल फोटो

Advertisement

काठमाडौं । गत हप्ता अविरल वर्षासँगै आएको बाढी पहिरोले अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयासमा सरकार जुटेको छ । बीपी राजमार्ग अन्तर्गतको भकुण्डे–खुर्कोट सडक खण्डको अवरुद्ध सडक दशैंँ अघिनै खुलाउने गरी सरकारले प्रयास थालेको हो । 

बाढी पहिरोले यस सडक खण्डमा केहीँ ठाउँमा पुरै सडक नै बगाएकाले बैकल्पिक मार्गको व्यवस्था समेत गर्नुपर्ने हुँदा छिटो काम गर्न सरकारले नेपाली सेना (आर्मी) को सहयोग लिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्राविधिकसहितको टोलीले बुधबार समस्याग्रस्त उक्त सडक खण्डको अध्ययन गरेको छ ।

Advertisement

बीपी राजमार्गमा पहिरोका कारण बगाएको कम्तिमा १० देखि १२ किलोमिटर खण्डमा वैकल्पिक व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएकाले सेनाको सहयोग लिन खोजेको मन्त्रालय स्रोतले बताएको छ । 

बुधबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माको नेतृत्वमा चार जना प्राविधिकसहितको टोलीले सेनाको हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रको अध्ययन निरीक्षण गरेको छ । मान्त्रालयका ३ जना र नेपाली सेनाका एक जना प्राविधिकले घटनास्थलको निरिक्षण गरेका छन् । 

undefined

पुरै सडक बगाएको स्थानमा वैकल्पिक मार्ग बनाउनका लागि विष्फोटक पदार्थ समेत प्रयोग गर्नुपर्ने हुन सक्ने भएकाले सेनाको सहयोग लिइएको मन्त्रालय स्रोतले बताएको छ । 

बीपी राजमार्गको अबरुद्ध बाटो खुलाउने विषयमा बुधबार रक्षामन्त्री मानविर राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालबीच पनि छलफल भएको थियो । छलफलका क्रममा दाहालले भकुन्डेबेंसीदेखि अगाडिको १० देखि १२ किलोमिटर सडक मर्मतका लागि प्राविधिक पठाउन कठिनाइ भएको बताएका थिए । तर, सेनाकै सहयोगमा हेलिकप्टर प्रयोग गरेर प्राविधिसहितको टोलि बुधबार प्रभावित क्षेत्रमा अध्ययनका लागि गएको छ ।

अघिल्लो हप्ता बिहीबारदेखि शनिबारसम्म तीन दिन लगातार परेको भारी वर्षाका कारण पृथ्वी राजमार्गसहित बीपी राजमार्गको धेरै ठाउँमा क्षति पुर्‍याएको छ । पृथ्वी राजमार्गमा पहिरोका कारण सडक अवरुद्ध भएकोमा पहिरो पन्छाएपछि बाटो खुलेको छ भने यता बीपी राजमार्गको केहीँ सडक खण्ड नै बगाएका कारण हालसम्म खुल्न सकेको छैन । सडक बगाएको केहीँ ठाउँमा बैकल्पिक मार्ग नै बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

यस सडक खण्ड अवरुद्ध हुँदा लाखौं यात्रुहरु प्रभावित हुन पुगेका छन् । 

Advertisement

Advertisement