स्पेनका ८३ वर्षीय स्पेनिस पर्वतारोही धौलागिरी हिमाल आरोहण गर्दै

Advertisement

काठमाडौं । स्पेनस्थित म्याड्रिमा बस्दै आएका ८३ वर्षीय पर्वतारोही कार्लोस सोरिया फन्टन धौलागिरी हिमाल आरोहणका लागि नेपाल आइपुगेका छन्। हिमाल आरोहण गर्ने योजनामा उनी अहिले सोलुखुम्बुको नाम्चेतर्फको पैदल यात्राको तयारीमा छन् । 

सेभेन समिट ट्रेकका पार्वतारोहण गाइड मिङ तेम्बा शेर्पा (मिकिल शेर्पा)ले स्पेनिस पर्वतारोही कार्लोस सोलुखुम्बुको नाम्चेतर्फको पैदल यात्रामा रहेका जानकारी दिए । 

Advertisement

उनका अनुसार मौसम र कार्लोसको स्वास्थ्यले साथ दिए धौलागिरीको आरोहण अघि बढ्ने छ । सोरिया सोलुखुम्बुबाट फकिएपछि अप्रिलको दोस्रो हप्तातिर बेस क्याम्पतफ लाग्ने शेर्पाले बताए ।

विश्वका सर्वोच्च शिखरहरू चढ्न आएका ८३ वर्षीय कार्लोस विश्वका १४ सर्वोच्च शिखरहरू चढ्ने लक्ष्यका साथ नेपाल आएका छन्। उनले अहिलेसम्म विश्वका १२ सर्वोच्च शिखरहरू चढिसकेका छन्। यसअघि पनि उनी धौलागिरी हिमाल आरोहणका लागि नेपाल आएका थिए । तर स्वास्थ्य समस्याका कारण सो आरोहण रद्द गर्नुपरेको थियो। 

धौलागिरी हिमाल आरोहणपछि उनी तिब्बतको शिशापआङमाको उच्च शिखर आरोहण गर्ने छन् । कार्लोसले ५१ वर्षको उमेरदेखि नाङ्गा पर्वत हिमाल, माउन्ट ग्यासब्रम–१, माउन्ट ग्यासब्रम–२, माउन्ट चो ओयू, माउन्ट एभरेस्ट, माउन्ट केटु, व्रोड पिक, माउन्ट मकालु, मनासलु, लोत्से, कंचनजंगा हिमालहरुको आरोहण गरेका हुन् ।

सन् २०१३ मा मीनबहादुर शेरचनले सबैभन्दा वृद्ध पर्वतारोहीको कीर्तिमान तोडेका थिए भने जापानका अर्का आरोही यूछिरो मिरुवाले सन् २०१३ मा ८० वर्षको उमेरमा सगरमाथामा पाइला टेकेर मीनबहादुरको ७६ वर्षको कीर्तिमान तोडेका थिए । त्यसपछि सगरमाथा आरोहणको तयारीको क्रममा सन् २०१७ मा मीनबहादुर शेरचनको आधार शिविरमा मृत्यु भएको थियो ।

Advertisement

Advertisement