काठमाडौँ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि इन्धनको मूल्य बढाएको छ ।
पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपियाँ बढाइएको हो । मूल्य बढेसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपियाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपियाँ पुगेको निगमद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
यसपटक खाना पकाउने ग्यासको मूल्य समेत बढाइएको छ । १५ सय ७५ रुपियाँ रहेको खाना पकाउने ग्यासको मूल्य २५ रुपियाँ बढेर अब प्रतिसिलिण्डर १६ सय रुपियाँ पुगेको छ ।