प्रचण्डले भरतपुरका ४६ भूमिहीन परिवारलाई वितरण गरे लालपूर्जा

Advertisement

काठमाडौँ । चितवनको भरतपुरमा आज ४६ भूमिहिन दलित घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । 

भरतपुर महानगरपालिका वडा न २ का ४६ घरधुरी भुमिहिन दलित परिवारलाई लालपूर्जा वितरण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माण, समृद्धि र सुकुम्बासी समस्या समाधान गर्ने काममा हातेमालो गर्न सबैलाई आग्रह गरे ।  

Advertisement

सहमति, सहकार्य र एकताबाट अहिलेको अवस्थासम्म आइपुगेको भन्दै अध्यक्ष प्रचण्डले अबको विकास निर्माण, समृद्धि र भूमिसम्बन्धी समस्या समाधान पनि सबैको सहमति, सहकार्य र एकताबाट मात्रै संभव रहेको पनि बताए ।  

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफुहरु प्रतिबद्ध भएर लागिरहेको बताइन् । 

मन्त्री श्रेष्ठले भूमिसम्बन्धी सम्पूर्ण समस्या दिगो रुपमा नै समाधान गर्न आफूहरु लागिरहेको  भन्दै सबैको साथ, सहयोगबाट भूमिहिन दलित र सुकुम्वासीलाई लालपूर्जा वितरण गर्न सम्भव भएको बताइन् ।

यसअघि सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहीन दलित घर परिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ । 

यस्तै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय संहालेपछि ४ महिनाको अवधीमा गाउँब्लकमा रहेका २० हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ ।
 

Advertisement

Advertisement