कीर्तिमानी पर्वतारोही शेर्पालाई लुम्बिनी विकास बैंकको लोगो अंकित झण्डा हस्तान्तरण

Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंकले २६औं पटक सगरमाथाको आरोहण गर्न लागेका विश्व कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको लोगो अंकित झण्डा हस्तान्तरण गरेको छ । 

२६औं पटक पुनः आरोहण सफलताका साथ प्रस्थानका लागि लुम्बिनी विकास बैंकले सहकार्य गर्दै शेर्पालाई आफ्नो लोगो अंकित झण्डा बैंकका अध्यक्ष दशरथ रिसालले किर्तीमानी पर्वतारोही शेर्पालाई हस्तान्तरण गरेका छन् ।

Advertisement

शेर्पा बिगत दुई दशकदेखि बैंकमा निरन्तर सहयात्री बनि आबद्ध छन् । उनको यो किर्तीमानी आरोहण आफ्नो लागी मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पुर्ण नेपालको लागि आफुले सगरमाथा २६ औं पटक आरोहण गर्न लागेको जानकारी दिए । 

बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।  

Advertisement

Advertisement