पञ्चकन्या ग्रुपद्वारा झापा दमकको बाल अस्पताललाई ६० लाख सहयोग

Advertisement

काठमाडौँ । पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (केआईओसिएच.) बीच झापाको दमक वडा नं.७ मा बन्दै गरेको बाल अस्पतालमा ६० लाख मूल्यको एलजिएस स्ट्रक्चरबाट ४००० हजार वर्ग फिट क्षेत्रफलमा अस्पतालका कोठा तथा भौतिक संरचनाहरु निर्माण गर्ने सहमति भएको छ । 

हालै दिवङ्वत भएकी पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको धर्मपत्नी निलकुमारी श्रेष्ठको स्मृति तथा पञ्चकन्या ग्रुपले आफ्नो औद्योगिक यात्रा ५०औं वर्ष पूरा गरेको अवसरमा उक्त अस्पताललाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको हो । 

Advertisement

सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा पञ्चकन्या ग्रुपबाट उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले बाल स्वास्थ्य जस्तो पवित्र कार्यमा हातेमालो गर्न पाउनु दुवै संस्थाको लागि गौरवको विषय भएको र यसबाट मिल्ने आत्मसन्तुष्टि अमूल्य हुने र यो जति राम्रो मानव सेवा कुनै नहुने विचार व्यक्त गरे । 

केआईओसिएचका डा. भगवान कोइरालाले राजधानीको जत्तिकै सुविधा सम्पन्न बाल अस्पतालको खाँचो यस अस्पताल सञ्चालनमा आएपछि पूरा हुने बताए । पञ्चकन्या ग्रुपले १ महिनाभित्र एलजिएसका संरचना निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्ने छ । साथै सम्झौता–पत्र हस्ताक्षर कार्यव्रmममा दुवै संस्थाका संचालकहरु र बरिष्ठ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement