भिभोका भी र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू सार्वजनिक, मूल्य कति ?

Advertisement

काठमाडौं । भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू- भि२३ फाइभजी, वाई३३एस र वाई०१ नेपालमा सार्वजनिक गरेको छ । यी नयाँ स्मार्टफोन प्रयोगकर्ताहरूलाई हरेक मूल्य विन्दुमा उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको छ ।

भि२३ फाइभजी एक नविनतम स्मार्टफोन हो जुन उल्लेखनिय पोर्ट«ेटहरू र सेल्फीहरूका लागि असाधारण फोटोग्राफी सुविधाहरू सहित ट्रेन्ड सेटिङ डिजाइन र उच्च प्रदर्शनका साथ आउँछ । भि२३ फाइभजी को ५० एमपी अटोफोकस पोर्ट«ेट सेल्फी, ६४एमपी सुपर–सेन्सिङ क्यामेरा र ८एमपी सुपर वाइड–एंगल क्यामेराले क्यामेरा प्रदर्शन र डिजाइन सुन्दरतामा नयाँ मापदण्डहरू कायम गरेको छ । 

Advertisement

यसको बाह्य स्वरुपले प्राकृतिक साथै एक अलग अद्भूत लुक र अनुभव दिन्छ । नविन बाह्य स्वरुपका लागि भिभोले मेटल फ्ल्याट फ्रेम डिजाइनमा रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन टेक्नोलोजीको प्रयोग गरको छ जुन प्रत्यक्ष सूर्यको किरणमा रङ परिवर्तन भएर अझ बढि आकर्षक देखिन्छ ।

अत्याधिक अपेक्षा राख्ने उपभोक्ताहरू, स्टाइल–सचेत ट्रेन्ड सेटरहरू र उच्च–कार्यसम्पादन फोटोग्राफरहरूले भि२३ फाइभजीमा सुन्दर डिजाइन, प्रिमियम फोटोग्राफी सुविधाहरू र गेमिङका लागि फाइभजी प्रदर्शनका साथै महत्वपूर्ण कार्य र स्रोत वृद्धिकर एपहरूको एक आदर्श संयोजन पाउनेछन् ।

‘भिभोमा, हामी आफ्नो व्यक्तित्व झल्काउन साहसी एवं नयाँ तरिकाहरू खोज्ने प्रयोगकर्ताहरुका लागि नवाचार, अत्याधुनिक क्षमताहरू र स्टाइलको संयोजन गरी उत्कृष्ट मोबाइल अनुभव सिर्जना गर्ने प्रयास गदछौं । भि२३ फाइभजीले विशिष्ट गुणस्तरीय सेल्फी र पोट्रेट शटहरूको लागि विभिन्न पक्षहरूमा उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ साथै हल्का तौल र सुरुचिपूर्ण डिजाइनले यसलाई फेशनेबल बनाउँछ तर अद्वितीय रङ–परिवर्तन विशेषताले गर्दा यो अन्यभन्दा अझ अलग छ । आज सार्वजनिक भएका तीनवटै स्मार्टफोनले प्रयोगकर्ताको मन जित्ने हाम्रो विश्वास रहेको छ’ भिभो नेपालका सिईओ माइकलले भने ।  

भि२३ फाइभजीको डुअल–टोन स्पटलाइट र फ्रन्टको क्यामेराको एआई एक्स्ट्रिम नाइट पोट्रेट मोडको साथमा उत्तम नाइट पोट्रेटहरूबाट अँध्यारो प्रकाशमा राम्रो सटहरू लिन सकिन्छ । मनमोहक पार्टी दृश्यहरू खिच्न र विशेष पलहरू खिच्ने थप रमाइलो तरिकाहरूका लागि बहु–शैली पोट्रेट सुविधा उपलब्ध छन् । 

भि२३ फाइभजीमा फोरके सेल्फी भिडियो पनि छ जहाँ प्रयोगकर्ताले उच्च स्पष्टताका साथ भिडियो खिच्न सक्छन । भि२३ फाइभजी ७.३९एमएम अल्ट्रा–स्लिम बडी र मेटल फ्ल्याट फ्रेममा विविध आकर्षणका साथ बहु–शैलीका लागि योग्य बनाउँदै अद्वितीय लुक र अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । डिजाइनलाई सुपर फाइन र टेक्स्चर अनुभूति प्रदान गर्न फ्लोराइट एजी ग्लासले समादर गरेको छ जुन स्पर्श गर्दा नरम हुनुका साथै फिंगरप्रिन्टहरू प्रतिरोधी छ । 

भि२३ फाइभजीले मिडियाटेक डाइमेन्सीटी ९२० प्रोसेसर मार्फत फ्ल्यागशिप स्तरको कार्यसम्पादन प्रदान गर्दछ । गेमरहरूले ९० हर्ट्ज रिफ्रेस रेट डिस्प्ले, एक्सटेन्डेड र्याम २.०, लिक्विड कुलिङ सिस्टम र अप्टिमल गेमप्लेको लागि अल्ट्रा गेम मोडको साथ सुपर स्मूद प्रदर्शनको आनन्द लिन सक्छन् । भि२३ फाइभजीमा ४४ वाट्ट फ्ल्यासचार्ज क्षमता पनि छ जसले सुपर स्लिम ४२००एमएएच (टाइप) ब्याट्रीलाई छिटो र प्रभावकारी रूपमा पावर अप गर्न सक्छ ।

मूल्य र उपलब्धता 
भिभोका तीनवटा स्मार्टफोनहरु – भि२३ फाइभजी, वाई३३एस, वाई०१ आजबाट देशभर उपलब्ध हुनेछन् । भिभो भि२३ फाइभजीको मूल्य रु ५५,९९९ रहेको छ र यो ८जीबी प्लस १२८जीबी स्टोरेज भेरियन्टमा सनसाइन गोल्ड र स्टारडस्ट ब्ल्याक रंगमा उपलब्ध हुनेछ ।

वाई३३एस रु २९,९९९ मा ८जीबी प्लस १२८जीबी स्टोरेज भेरियन्टमा मिरर ब्ल्याक र मिडडे ड्रीम रंगमा उपलब्ध हुनेछ । वाई०१ रु १३,९९९ मा २जीबी प्लस ३२जीबी स्टोरेज भेरियन्टमा एलिगेन्ट ब्ल्याक र सेफाइस ब्लू रंग उपलब्ध हुने कम्पनीले जनाएको छ ।
 

Advertisement

Advertisement