चुनावपछि एकीकृत समाजवादी नयाँ शक्तिका रुपमा उदाउने छः नेपाल

Advertisement

काठमाडौँ । नेपााल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी रौतहट-काठमाडौँ सम्पर्क मञ्चद्वारा चोभारमा बृहत बनभोज तथा नव वर्षको अवसरमा शुभकाना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा कायर्उक्रम सपन्न भएको हो । उक्त अवसरका अध्यक्ष नेपालले नेकपा एमाले रित्तिंदै गएको बताएका छन् । उनले भने-‘आफूहरुले भरिदिएको भाँडो रित्तिदै गएको छ, अब आउँदो चुनावपछि त्यो भाँडो करीब करीब खाली हुनेछ ।’

Advertisement

एकीकृत समाजवादी दर्ता भएको छोटो समय भएपछि आफू लगायतका नेता कार्यकर्ताहरु पुरानै भएको बताए । चुनावपछि आफ्नो पार्टी एउटा शसक्त पार्टीका रुपमा उदाउँने उद्घोषसमेत गरे ।  

उक्त कर्यक्रममा उनले नववर्ष २०७९ को अवसरमा शुभकामना ब्यक्त गर्दै मञ्चले प्रकाशन गरेको भित्ते क्यालेण्डर समेत बिमोचन गरे । 

सो कार्यक्रममा पार्टीका स्यायी कमिटी सदस्य एवम् पूर्व मन्त्री डा. बशिधर मिश्र, पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य गायत्री आचार्य नेपाल, शंकर बिश्वकर्मा, सम्पर्क बिशेष प्रदेश कमिटीका उपाध्यक्ष एव कानुन बिभाग सदस्य नवराज तिमल्सिना, मधेश प्रदेश कमिटीका अध्यक्ष बेदनाथ कोइराला, कानून बिभाग सदस्य गोपाल श्रेष्ठ, पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाई बिज्ञान तथा प्रविर्धि बिभाग सदस्य दीपक गुप्ता, सम्पर्क मञ्चका सल्लाहकार दुर्गा मिश्र, भौतिक पुर्वाधार तथा यातायात एवम् मधेश प्रदेश कमिटीका सदस्य पार्वती दुलाल, सम्पर्क बिशेष प्रदेश कमिटीका सदस्य राजन उप्रेती, दलित मुक्ति संगठनका सचिव लिलबहादुर परियार, मधेश प्रदेश कमिटी सदस्य माधव रेग्मी, दुर्गा बिश्वकर्मा, चिनकुमारी शिवाकोटी, इन्दिरा कोइराला, मधेश प्रदेश कमिटी सदस्य नारद लुइटेल र समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य खेम बोलखे लगायतको आतिथ्य रहेको थियो ।  

उक्त कार्यक्रममा पेन्टिङ प्रतियोगिता, चना गन्ने खेल, घैँटो फुटाउने खेल, हाजिर जवाफ तथा म्यूजिकल लगायतका खेल समेत खेलाइएको थियो । 

पेन्टिङ प्रतियोगिता, चना गन्ने खेल, घैटो फुटाउने खेल बिजेतालाई प्रमुख अतिथि नेपालले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । हाजिर जवाफ तथा म्यूजिकल गेम बिजेतालाई बशिधर मिश्रले सम्मान गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पेन्टिङ प्रतियोगितामा  निश्चल श्रेष्ठ प्रथम, आरुष ठाकुर  द्रोश्रो, सुलोन रेग्मी तृतीय भएका थिए । घैटो फुटाउने खेलमा लोकप्रसाद रेग्मी, चना गन्नेमा पुनदेव रौनियार र म्यूजिकल चेयरमा लक्ष्मी उप्रती, पार्वती दुलाल र रिङिक शाह विजयी भएका थिए । 

त्यस्तै हाजिरी जवाफतर्फ प्रथम  क्षेत्र नं ३ (रमेशप्रसाद यादव र सुलन रेग्मी), द्वितीय क्षेत्र नं ३ (सन्जुर आलम, रितिशा रेग्मी, तेश्रो क्षेत्र नं १ (सुधाशु मिश्र, निश्चल श्रेष्ठ र गोविन्द कलवार  तथा सान्तवा पुरस्कार क्षेत्र २ का प्रदीप शर्माले पाएका थिए ।  

कार्यक्रम अध्यक्ष सचित कुइकेलको अध्यक्षता तथा कोषाध्यक्ष  लक्षमी उप्रेतीको संयोजकत्वमा सम्पन्न भएको हो ।

 


 

Advertisement

Advertisement