हिमाल आरोहणका लागि ७० देशका ७३८ जनाले लिए अनुमति, युद्धरत रुस र युक्रेनबाट २६ जना

Advertisement

काठमाडौं। यस बर्ष ७० देशका ७३८ जना आरोहीले नेपालका हिमालहरु आरोहणका लागि अनुमति लिएका छन् । यस्तो अनुमति लिनेमा युद्धरत रुस र युक्रेनका आरोही पनि छन् । 

पर्यटन विभागको तथ्यांकअनुसार रुसबाट २५ जना र युक्रेनबाट १ जना आरोहीले अनुमति लिएका छन् । अनुमति लिनेमध्ये १५५ जना महिला र ५८३ जना पुरुष छन् । अप्रिल १५ सम्मको विवरणअनुसार यस वर्ष सबैभन्दा बढी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । सगरमाथा आरोहणको लागि हालसम्म ११७ जना अमेरिकी आरोहीले अनुमति लिएको विभागले जानकारी दिएको छ । 

Advertisement

त्यस्तै, बेलायतबाट ७४, भारतबाट ५५, क्यानडाबाट २८, नेपालबाट ५५, फ्रान्सबाट ५०, अष्ट्रेलियाबाट २४, इरानबाट १८, जापानबाट १२, आयरल्याण्डबाट १०, नेदरल्याण्ड्सबाट १४, नर्वेबाट १२, दक्षिण कोरियाबाट १४, रोमानियाबाट ११ ले आरोहणको अनुमति लिएका छन् ।

त्यस्तै, एन्डोरा, अर्जेन्टिना, अष्ट्रिया, बेल्जियम, ब्राजिल, बुल्गेरिया, चिली, चीन, क्रोएसिया, चेक रिपब्लिक, डेनमार्क, इक्वेडर, इजिप्ट, एल साल्भाडोर, फिनल्याण्ड, जर्जिया, जर्मनी, ग्रीस, होण्डुरस, हङकङ, इराक, आयरल्याण्ड, इजरायल, इटाली, कजाकास्तान, केन्या, लिथुवानिया, मलेसिया, मेक्सिको, मंगोलिया, मोरोक्को, न्युजल्याण्ड, न्युजल्याण्ड, ओमान, पाकिस्तान, पेरु, पोल्याण्ड, पोर्चुगल, कतार, कोसोभो, मेसेडोनिया, रोमानिया, साउदी अरब, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, स्वाजील्याण्ड, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, उरुग्वे र भियतनाम लगायतका देशका नागरिकले पनि हिमाल आरोहणको लागि अनुमति लिएको जनाइएको छ  । 

अनुमति लिएका आरोहीहरुबाट सरकारले ३९ करोड ५१ लाख ७० हजार २३१ रुपियाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ । सगरमाथापछि वसन्त ऋतुमा ल्होत्से हिमाल आरोहणका लागि बढी आरोहीले अनुमति लिएका छन् ।

हालसम्म ९० समूहमा ७३८ जनाले २१ वटा हिमाल आरोहणका लागि अनुमति लिएका छन्। सगरमाथा आरोहणको लागि हालसम्म २६२ जनाले अनुमति लिइसकेका छन्।

अहिलेसम्म २१ हिमाल आरोहणका लागि अनुमति जारी भइसकेको छ । अमादब्लमका लागि ६५, अन्नपूर्ण १ का लागि २६, अन्नपूर्ण ४ का लागि ९, बरुन्त्से हिमालका लागि २०, भेम्डिङ–रि हिमालका लागि ८, धौलागिरिका लागि २७, गंगापूर्ण हिमालका लागि २, हिमलुङ हिमाल आरोहणका लागि ३५, कञ्चनजङ्घाका लागि ६७, खाङचुङ पिकका लागि २, ल्होत्सेका लागि ९४, मकालुका लागि ३९, मनास्लुका लागि ९, मुकोट हिमालका लागि ४, र्नोबु खाङ हिमालका लागि ५, नुप्च्से हिमालका लागि ३८, पु–खाङ हिमालका लागि ५, पोखार–खाङ हिमालका लागि ९, सगरमाथाका लागि २६२, थापा पिकका लागि १० र उर्खमान हिमालका लागि २ जनाले अनुमति लिएका छन्।

Advertisement

Advertisement