नेपाल टेलिकमले ल्यायो स्प्रिङ प्याकेज, ग्राहकले असीमित कुराकानी गर्नसक्ने

Advertisement

काठमाडौं । नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुरा गर्न मिल्ने अल टाइम नेट भ्वाइस प्याकसहित स्प्रिङ (वसन्त मौसम लक्षित) अफर ल्याएको छ । उक्त अफर सोमबारबाट लागू हुनेछ ।

टेलिकमले पाँच सय ९९ देखि १४ सय ९९ रुपियाँसम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु ल्याएको हो जसमा ग्राहकले नौ सय ९९ र एक हजार ४९९ रुपियाँका प्याकमार्फत कम्पनीका कुनै पनि नेटवर्कमा असीमित कुराकानी गर्न सक्नेछन् । त्यस्तै, सोही प्याकमा एक हजार वटा अल नेट सन्देश समेत पठाउन सकिने टेलिकमले जनाएको हो ।

Advertisement

स्प्रिङ अफर अन्तर्गत ग्राहकरुको माग अनुसार कम्पनीको सेवाबाट अन्य सेवा प्रदायकको नेटवर्कमा न्यूनतम महशुलमा कुराकानी गर्न सकिने नेट भ्वाइस प्याक नेपाल टेलिकमले ल्याएको हो । अहिले सेवाग्राहीहरुको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइ रहेको र विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्पेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सस्तो कम्बो प्याकहरुलाई अझै ग्राहक मैत्री बनाउँने कम्पनीको योजना छ ।

कुनै पनि नेटवर्कमा पाँच सय मिनेटसम्म कुराकानी गर्न मिल्ने २८ दिनको प्याक दुई सय ६५ रुपियाँमा र १२ सय मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक पाँच सय ५० रुपियाँमा उपलब्ध हुनेछ । स्प्रिङ अफर अन्तर्गत विभिन्न प्याकेज प्राप्त गर्नकालागि ग्राहकले स्टार चौध, पन्ध ह्जाज डायल गर्नुपर्छ । एपको प्रयोगबाट पनि आफ्ना विभिन्न अफरहरु खरिद गर्न सकिने नेपाल टेलिकमका प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । 

Advertisement

Advertisement