महानगर भागबण्डाः पोखरा एसलाई, भरतपुर माओवादीलाई, वीरगञ्ज जसपालाई, बाँकी कांग्रेसलाई

Advertisement

काठमाडौं । लामो रस्साकस्सीपछि सत्तारुढ गठवन्धनमा महानगरपालिकाको भागबण्डामा सहमति कायम जुटेको छ । जसअनुसार नेपाली कांग्रेसले तीन महानगरपालिकाको नेतृत्व कांग्रेसले पाउने भएको छ भने एक–एक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पाउने भएका छन् । 

मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका नेताको बैठकले यस्तो सहमति गरेको हो । सहमतिअनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीलाई, भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई, वीरगञ्ज महानगरपालिका जसपालाई र काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका कांग्रेसलाई परेको छ । 

Advertisement

सत्ता गठवन्धनको सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने जनाइएको छ । 

Advertisement

Advertisement