काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारीसहित सरकारले उनको पार्टी कार्यालयदेखि निवाससम्म भारी मात्रामा प्रहरी परिचालन गरेको छ ।
अहिले वनस्थलीस्थित पार्टी कार्यालयमा सादा पोषक र बर्दीधारी प्रहरीको बाक्लो उपस्थिति देखिन्छ भने लामिछानेको निवासमा पनि प्रहरी परिचालन गरिएको छ ।
सहकारी प्रकरणमा आफ्ना सभापतिलाई सरकारले धरपकडको तयारीपछि रास्वपाको पार्टी कार्यालयभित्रै पार्टीका नेता कार्यकर्ताहरु पनि धमाधम प्रवेश गरिरहेका छन् ।
गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीलाई आज प्रक्रा गरेर सरकारले लामिछानेलाई पनि पक्राउ गर्ने संकेत दिएको थियो । सहकारी प्रकरणमा लामिछानेले आफू निर्दोष रहेको बताए पनि