जसले सूर्यलाई सिध्याउन खोज्दैछन्, तिनको थुतुनो जल्दैछः ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सूर्यलाई सिध्याउन खोज्नेहरुको थुतुनो जलिरहेको भन्दै आफ्ना विरोधीहरुको कटु आलोचना गरेका छन् । 

बिहीबार आफ्नो परिषदको सल्लाहकार परिषद्को बैठकमा ओलीले हनुमानले सूर्यलाई रोटी भनेर खान खोज्दा थुतुनो डढेजस्तै एमालेको सूर्य निध्याउन खोज्नेको अहिले त्यस्तै हालत भएको बताए ।

Advertisement

उनले आफूलाई प्रचण्ड–माधव समूहले फौजदारी अभियोगको १९ पृष्ठ लामो आरोपपत्र दर्ता गरेर पार्टी अध्यक्ष, प्रधानमन्त्री सबै पदबाट हटाएर थुन्नेसम्मको षड्यन्त्र गरेको स्मरण गर्दै संसद विघटन गलत थियो भन्ने अभिव्यक्ति भूलेर पनि नदिन आफ्ना नेताहरूलाई सुझाव दिए । 

प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको ओलीको तर्क छ । उनले भने, ‘ुकेही साथीहरूले यस्सो मौका पर्‍या बेला प्रतिनिधिसभा विघटन त गलतै थियो भन्ने पनि गर्नुभएको छ, । यस्ता खालका गलत कुराहरू हाम्रो सल्लाहकार परिषद्का कोही पनि कमरेडहरूले भूलचुकले पनि नबोल्न आग्रह गर्दछु । वास्तवमा प्रतिनिधिसभाको विघटन विल्कुल जायज थियो र नै आज हामी यहाँ छौं ।’

Advertisement

Advertisement