निर्वाचन आचारसंहिता मिचेर अमेरिका गएपछि मन्त्री झाँक्रीलाई कारवाही गर्ने आयोगको तयारी

Advertisement

काठमाडौं । निर्वाचन आयोगले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई कारवाही गर्ने तयारी गरेको छ । आयोगले निर्वाचन आचारसंहितालाई उपेक्षा गर्दै अमेरिका गएको विषयमा स्पष्टीकरण पनि सोधेको छ । 

आयोग स्रोतका अनुसार आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान आचारसंहितको गम्भीर उल्लंघन हो । यति अत्यावश्यक काम भए आयोगसँग अनुमति लिएर जान सकिने ठाउँ हुँदाहुँदै आयोगसँग अनुमति पनि नलिई र कुनै जानकारी पनि नदिई अमेरिका जानुलाई आयोगले सामान्यरुपमा लिएको छैन् । 

Advertisement

मन्त्री झाँक्री आचारसंहिताविपरित अमेरिका गएको भन्दै उजुरी परेपछि आयोगले कारवाही अघि बढाउको हो । प्रारम्भिक चरणमा स्पष्टीकरण सोधेको र स्पष्टीकरणको जवाफ आइसके पनि खोलन बाँकी रहेकाले स्पष्टिकरण चित्तबुझ्दो नभए कारवाही गरिने जनाइएको छ । 

Advertisement

Advertisement