राज्यको सम्पत्ति दुरुपयोग नगरौंभन्दा गफाडी नम्बर १ ओलीले मानेनन्ः माधव नेपाल

Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन् । 

बिहीवार एकीकृत नेकपा र नेकपा (एकीकृत समाजवादी)को एकता कार्यक्रममा उनले ओलीले आफू प्रधानमन्त्री हुँदा देश र जनताको काम गरेको तर केपी ओली प्रधानमन्त्री हुँदा ओम्नी प्रकरणमा जनतालाई लुट्ने र चुस्ने काम गरेको आरोप लगाए । 

Advertisement

माधव नेपालले आफूले जनताको सेवा गरेपनि ओलीले जनतालाई दुःख दिने काम गरेको तर्क गरे । उनले आफूले इमान्दारिता र निष्ठाको राजनीति गरेको तर ओलीले बेइमानी र जालझेलको राजनीति गर्ने गरेको आरोप लगाए । 

अध्यक्ष नेपालले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा पनि केही काम गरे । के काम गरेभन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे । ओम्नी प्रकरणमा जनतालाई लुट्ने कामहरु गरे । लुट्ने चुस्ने काम केपी ओलीले गरे । देश र जनताको सेवा गर्ने काम हामीले ग¥यौं । दुःख दिने काम उनले गरे, सुख दिने काम हामीले ग¥यौं । हामीले राज्यको सम्पतिको सदुपयोग हुनुपर्छ भन्यौँ । उनले दुरुपयोग गर्नुपर्छ भने यो विचार उनैले ल्याए । गफमा उनी अगाडि छन् । काममा हामी अगाडि छौँ । गफाडी नम्बर १ उनी काममा अत्यन्त फास्ट हामी । हामी इमान्दारिता र निष्ठाको राजनीति गर्ने मान्छे, उनी बेइमानी र जालझेलको राजनीति गर्ने मान्छे ।’

अध्यक्ष नेपालले नेकपा एमालेलाई राष्ट्रियसभाको चुनावबाटै धुलो चटाएको उल्लेख गर्दै स्थानीय चुनावमा पनि निरन्तरता दिने बताए । उनले सबै महानगर र उपमहानगरमा उठ्नेहरुलाई जिताउन अभियान थाल्न पनि नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए । 

Advertisement

Advertisement