मेक्सिकोको सिमेन्ट उद्योगमा झडप हुँदा ८ जनाको मृत्यु

Advertisement

मेक्सिको सिटी । मेक्सिकोको राज्य हिडाल्गोको सिमेन्ट प्लान्टमा कार्यरत कामदारका दुई विरोधी समूहबीच भएको झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएको गभर्नर ओमर फयादले बुधबार  बताएका छन् ।

‘बिहीबार बिहान, प्लान्टको प्रवेशद्वारमा कामदारहरूको दुई समूहबीच भएको आक्रमण बारेमा ९११ आपतकालीन सेवाहरूमा रिपोर्ट गरिएको थियो’, फयादले ट्वीट गरेका छन्।  झडपमा संलग्न नौ जना कामदारहरूलाई हिरासतमा लिइएको  छ । 

Advertisement

यो झडप प्लान्टको प्रशासनको नियन्त्रणलाई लिएर कामदारहरू बीचको लामो समयदेखि चलिरहेको विवादसँग जोडिएको  स्थानीय मिडियाले रिपोर्ट गरेको छ । सिन्ह्वा

Advertisement

Advertisement