पाकिस्तानका कान्छा आरोही शेरोज काशिफद्वारा कञ्चनजङ्घा हिमालको सफल आरोहण

Advertisement

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथा र दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’ चढिसकेका पाकिस्तानका १९ वर्षीय शेरोज काशिफले कञ्चनजंगा हिमालको पनि सफलतापूर्वक आरोहण गरेका छन् ।

विश्वको तेस्रो अग्लो तथा ८,५८६ मिटर अग्लो कञ्चनजंगा हिमालको उनले बिहीबार दिउँसो ३ बजेर ५ मिनेटमा आरोहण गरेका हुन् । काशिफले आरोहणबारे आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेका छन्।

Advertisement

यसअघि शेरोजले नेपालको मनास्लु हिमाल आरोहण गरेका थिए । कलिलो उमेरदेखि नै हिमाल चढ्न सुरु गरेका उनले गत जुलाई २८ मा माउन्ट केटु चढेका थिए । शेरेजले १२ वटा अन्य अग्ला हिमालसमेत आरोहण गरिसकेका छन् । 
पाकिस्थानस्थित लाहोरका बासिन्दा उनले १७ वर्षको उमेरमा ब्रोड पिक (८,०४७ मिटर) चढेर कान्छो पाकिस्तानी आरोही बन सफल भएका थिए । यसअघि शेरेजले आठ प्रमुख पर्वतारोहण गरी इतिहास हासिल गरिसकेका छन्।

Advertisement

Advertisement