काठमाडौं। धवलागिरीको सफल आरोहणपछि पूर्णिमा श्रेष्ठले विश्वको तेस्रो अग्लो तथा ८,५८६ मिटर अग्लो कञ्चनजंगा हिमालको आरोहण गरेकी छन्। फोटो पत्रकारसमेत रहेकी उनले वसन्त ऋतुमा कञ्चनजंगा हिमालको आरोहण गर्न लागेकी हुन् ।
कञ्चनजंगा हिमालको श्रेष्ठले मे ५ तारिखका दिन आरोहण गरेका हुन्। उनले आरोहणबारे आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका छिन् । गोरखा आरुघाट निवासी श्रेष्ठले यसअघि गत असोज १५ मा धवलागिरि हिमालको आरोहण गरेकी थिइन्।
विश्वको सातौं अग्लो तथा ८,१६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलो पटक नेपाली महिला पासाङ ल्हामू शेर्पा, अकितासँगै पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी छन्।
त्यस्तै, उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा अमादब्लम हिमाल, २०२१ मा धवलागिरि, अन्नपूर्ण पनि आरोहण गरेकी थिइन् ।