काठमाडौं । आकाशमै इन्जिनमा समस्या देखिएपछि श्री एयरलाइन्सलाई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।
काठमाडौंबाट धनगढीका लागि उडेको उक्त जहाजको बायाँ इन्जिनमा समस्या आएपछि फर्किएर त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जहाज सुरक्षितरुपमा अवतरण गरेको जानकारी दिएको छ । अपरान्ह १२ बजेर ८ मिनेटमा विमानलाई अवतरण गराइएको हो । गराउनुअघि विमानस्थलको सुरक्षा संयन्त्रण अलर्ट गराइएको थियो ।
दुई वटा इन्जिन हुने उक्त जहाजमा एउटामा समस्या आएपछि अर्कोको भरमा सञ्चालन गरी अवतरण गराइएको हो । चालक दलका सदस्यसहित ८७ जना यात्रु रहेको २२३ उडान नम्बरको जहाज क्याप्टेन बी. राजवंशीले उडाएका थिए ।