आमा छोरीदूावा सगरमाथा सफल आरोहण

अष्ट्रेलियाको सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने बनिन गब्बी कनिजे

Advertisement

काठमाडौं । अष्ट्रेलियाकी १९ वर्षीया गब्बी कनिजेले आफ्नो ५२ वर्षीया आमा जानीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्  । 

आरोहण सफल भएसँगै उनी सगरमाथा चुचुरोमा पुग्ने सबैभन्दा कान्छी अष्ट्रेलियाली बन्न सफल भएकी छन्  । शनिबार बिहान ६ र ७ बजेको बिचमा कनिजेले सगरमाथाको सफल आरोहण गरेको क्लाइमिङ द सेभन समिटका प्रबन्ध निर्देशक निमा शेर्पाले जानकारी दिइन । 

Advertisement

सगरमाथाको सफल आरोहणपछि २४ घण्टा भित्रै १९ वर्षीया गब्बीले आइतबार मे १५ तारिख बिहान ७ र ८ बजेको बिचमा माउन्ट ल्होत्सेकोे पनि सफल आरोहण गरेको शेपाले बताइन् । 

गब्बी कनिजे कीर्तिमानी आरोही एलिसा अजरभन्दा केही महिनाले कान्छी छिन्। सन् २०१६ मा १९ वर्षीया एलिसा अजरले सगरमाथाको सफल आरोहण गरी कान्छी अष्ट्रेलियाली बनेकी हुन् । 

शेर्पाका अनुसार यसअघि कनिजेले नेपालको लोबुचे र आइलन्ड पिकहरुको सफल आरोहण गरिसकेकी छन् ।

Advertisement

Advertisement