काठमाडौं । साफ च्याम्पियनसीपको आउँदो १२औं प्रतियोगिता बंगलादेशले आयोजना गर्ने भएको छ । भारतको केरलामा शनिबार सम्पन्न दक्षिण एसियाली फुटबल महासंघको बैठकले आगामी प्रतियोगिता आयोजनाको जिम्मा बंगलादेशलाई दिएको दिएको हो ।
साफको ११औं प्रतियोगिता हाल केरलामा जारी छ । प्रतियोगिताको फाइनलमा आयोजक भारत र अफगानीस्तानबीच आज साँझ प्रतिस्पर्धा हुँदैछ । आगामी प्रतियोगिता आयोजनाका लागि भुटानले पनि दावी गरेको थियो । तर महासंघको बैठकले बंगलादेशलाई छनोट गरेको हो ।
यसअघि आउँदो प्रतियोगिता आयोजनाका लागि पाकिस्तानको दाबी रहे पनि सुरक्षाका कारण उसलाई आयोजना गर्न नदिने निर्णय भइसकेको छ ।
जारी प्रतियोगितामा पाकिस्तानले भाग लिएको छैन भने आगामी प्रतियोगितामा अफगानिस्तान सहभागी नहुने जनाइसकेको छ । साफ खेलको प्रायोजक सुजुकीसँगको सम्झौताअनुसार अबको खेल भारतबाहिर भए पनि त्यसको पुनः भारतमै हुनेछ ।