दावा याङ्जुम शेर्पा ब्रोडपिक आरोहण गर्ने पहिलो नेपाली महिला बन्न सफल

Advertisement

काठमाडौँ । पर्वतारोही तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा याङ्जुम शेर्पाले सफलतापूर्वक ब्रोडपिक हिमालको सफल आरोहण गरेकी छन् । उनले पाकिस्तानमा रहेको ८,०५१ मिटर अग्लो यो हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला पनि बन्न सफल भएकी छन् । 

शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइड लाइसेन्स प्राप्त गर्ने एशियाकै पहिलो महिला हुन् । विश्वको बाह्रौं अग्लो ब्रोडपिकको शेर्पाले नेपाली समय अनुसार बुधबार जुलाई २० तारिख बिहान ८ र ९ को बिचमा आरोहण गरेको इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा शेर्पाले जानकारी दिइन् ।

Advertisement

प्रबन्धक दावा शेर्पाका अनुसार याङ्जुम शेर्पासँगै, पर्वतारोही पेम्बा शेर्पा, अमेरिकन आरोही सवाना पाल्मा, क्यानडियन आरोही चार्ल्स एन्टोइन र पर्वतारोही निङमा नुरु शेर्पाले अक्सिजनविना सफलतापूर्वक आरोहण गरेका हुन् ।

दावा याङ्जुम शेर्पाले सगरमाथा, ल्होत्से, अन्नपूण, मकालु, मनास्लु, केटु, धौलागिरी र ब्रोडपिक लगायतका हिमाल आरोहण गरिसकेकी छन् । त्यस्तै शेर्पाले अब नङ्गा पर्वत, कञ्चनजंगा, गसेरब्रुम–१, गसेरब्रुम–२, सिसापाङमा, चो ओयु, हिमाल आरोहण गर्न बाँकी रहेको प्रबन्धक शेर्पाले बताइन । 


 

Advertisement

Advertisement